Kathmandu Press

चितवन निकुञ्जमा फेरि गैडा मृत फेला

चितवन, मंसिर १६ : चितवन राष्ट्रिय निकुञ्जमा फेरि अर्को गैँडा मृत फेला परेको छ। निकुञ्जको भित्री इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला...
चितवन निकुञ्जमा फेरि गैडा मृत फेला

चितवन, मंसिर १६ : चितवन राष्ट्रिय निकुञ्जमा फेरि अर्को गैँडा मृत फेला परेको छ। निकुञ्जको भित्री इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको छ। गैँडा बूढो भएर कालगतिले मरेको आकलन गरिएको उनले बताए।

गैँडा निकुञ्जको बाघमारा पोस्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले बताए। गैँडाको खाग खुर सुरक्षित रहेको छ।

यससँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका थिए। निकुञ्जमा गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ।

 

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्