Kathmandu Press

विश्वभरमा ६ करोड वढीमा कोरोना संक्रमण 

काठमाडौं, मंसिर १२ : पछिल्लो २४ घण्टामा विश्वभरमा १० हजार ९५३ संक्रमितको मृत्यु भएको छ । बिहिबारभन्दा मृतक संख्या घटेपनि पछिल्ला केही दिन...
विश्वभरमा ६ करोड वढीमा कोरोना संक्रमण 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १२ : पछिल्लो २४ घण्टामा विश्वभरमा १० हजार ९५३ संक्रमितको मृत्यु भएको छ । बिहिबारभन्दा मृतक संख्या घटेपनि पछिल्ला केही दिन यता मृतक संख्या बढ्दो क्रममा छ ।

बिहिबार (११ मंसिरमा) अहिलेसम्मकै उच्च १२ हजार ५३ जनाको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख ३७ हजार ६२९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा ५ लाख ४० हजार ८०२ जनामा संक्रमण भएको छ ।

यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १२ लाख ९१ हजार ७६० पुगेको छ । संक्रमितमध्ये ४ करोड २३ लाख ८५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, मंसिर १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्