Kathmandu Press

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

बुटवल, मंसिर ८ : रुपन्देहीमा मोटरसाइकल दुर्घठना हुँदा दुई जनाको मृत्यु भएको छ। बुटवल–भैरहवा सडकखण्डको भलबारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सांकेतिक तस्वीर।

बुटवल, मंसिर ८ : रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

बुटवल–भैरहवा सडकखण्डको भलबारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको  इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक रुमबहादुर केसीले जानकारी दिए। 

उनका अनुसार मोटरसाइकल गएराति डिभाइडरमा ठोक्किएको थियो। गम्भीर घाइते भएका दुवै जनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।
 

प्रकाशित मिति: २०:५२ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्