Kathmandu Press

अक्सफोर्डको कोरोनाविरुद्धको खोप ७० प्रतिशत सुरक्षित

काठमाडौं, मंसिर ८ : अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोरोना भाइरसविरुद्धको खोप ७० प्रतिशत प्रभावकारी देखिएको छ। युनिभर्सिटीका अनुसार यो खोपले ७० प्रतिशत मानिसमा कोरोनाको...
अक्सफोर्डको कोरोनाविरुद्धको खोप ७० प्रतिशत सुरक्षित

काठमाडौं, मंसिर ८ : अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोरोना भाइरसविरुद्धको खोप ७० प्रतिशत प्रभावकारी देखिएको छ। युनिभर्सिटीका अनुसार यो खोपले ७० प्रतिशत मानिसमा कोरोनाको लक्षण बन्न दिँदैन।

अक्सफोर्डका वैज्ञानिकहरुले अस्ट्राजेन्कासँग मिलेर १० महिना लगाएर खोप निर्माण गरेको बीबीसीले जनाएको छ। जबकी खोप विकासका लागि सामान्यतया एक दशक लाग्छ। यसअघि अमेरिकी कम्पनी फाइजर र मोर्डनाले बनाएका दुई खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको घोषणा गरिएको थियो। तर ती दुई खोप भन्दा अक्सफोर्डको खोप धेरै सस्तो र सहजै भण्डार गर्न सकिने छ।  

सोमबार गरिएको तेस्रो चरणको परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ७० प्रतिशत रहेको अस्ट्राजेन्काले जनाएको छ। बेलायती संचारमाध्यम द गार्डियनका अनुसार भ्याक्सिनको एउटा डोज ९० प्रतिशत र अर्को ६२ प्रतिशत प्रभावकारी भएकोले दुवैको प्रभावकारी मिलाउँदा ७०.४ प्रतिशत देखिएको बताइएको छ। 

तर अक्सफोर्डले बनाएको यो भ्याक्सिन अहिलेसम्म तेस्रो चरणमा परीक्षण भएका भ्याक्सिनमध्ये सबैभन्दा कम प्रभावकारी देखिएको हो। 

अक्सफोर्डको यो भ्याक्सिन भारतमा पनि बनाउने सम्झौता भएको छ। यसको मूल्य प्रतिडोज १२ सय भारुसम्म पर्न सक्ने भारतीय कम्पनी सिरम इन्स्चिट्युड अफ इन्डियाका सिइओ आदर पुनावालाले बताएका छन्। 

फाइजर, मोर्डना र अक्सफोर्ड बाहेक अन्य खोपहरू पनि तेस्रो चरणको परीक्षणमा रहेका छन्। चीनमा क्यान्सिनो, रुसमा गामालेया रिसर्च इन्स्टीट्यूट, जान्ससेन, बेइजिङ् इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म, ब्राजिलमा सिनोभाक र बुटानटान, वुहान इन्स्टिट्यूट अफ बायोलजिकल प्रोडक्ट्स र सिनोफार्म र नोभाभाक्स अमेरिकामा तेस्रो चरणको परीक्षणमा छन्।

प्रकाशित मिति: २०:२३ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्