Kathmandu Press

दिल्लीमा कोरोना संक्रमितको उपचारमा खटिने जनशक्ति अभाव, एमबीबीएसका विद्यार्थीलाई खटाइने

नयाँ दिल्ली, मंसिर ८ : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसका संक्रमितको उपचारमा खटिने जनशक्तिको कमीका कारण एमबीबीएस पढ्दै गरेका विद्यार्थी र दाँतका...
दिल्लीमा कोरोना संक्रमितको उपचारमा खटिने जनशक्ति अभाव, एमबीबीएसका विद्यार्थीलाई खटाइने

नयाँ दिल्ली, मंसिर ८ : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसका संक्रमितको उपचारमा खटिने जनशक्तिको कमीका कारण एमबीबीएस पढ्दै गरेका विद्यार्थी र दाँतका चिकित्सकलाई कोरोना संक्रमितको उपचारमा खटिन आग्रह गरेका छन्।

भारतीय संचार माध्यमहरुका अनुसार अस्पतालमा संक्रमितको उपचार गर्ने र आइसियुमा खटिने जनशक्ति पर्याप्त नभएपछि मुख्यमन्त्री केजरीवालले यस्तो आग्रह गरेका हुन्। 

महामारीको समयमा कोभिड आइसियु बेड र चिकित्सा संसाधनको दिल्लीमा बढ्दो मागलाई लिएर केजरीवालले एमबीबीएस पढ्दै गरेका विद्यार्थी र दाँतका डाक्टरलाई उपचारमा खटिन आग्रह गरेका हुन्।

दिल्लीका सरकारी अस्पतालले अब कोरोना संक्रमितको उपचारमा डाक्टरहरुलाई सहयोग गर्न ४ देखि पाँच वर्ष एमबीबीएस पढेका विद्यार्थी र दन्त चिकित्सकलाई संलग्न गराउन सक्नेछन्। एजेन्सी

प्रकाशित मिति: १९:२१ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्