Kathmandu Press

बागलुङमा जीप दुर्घटना, दुईको मृत्यु

बागलुङ, मंसिर ८ : बागलुङमा रोकिराखिएको जीप गुडेर खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ।आज बिहान बडीगाड गाउँपालिका–६ मा राकिराखिएको लु १ ज...
बागलुङमा जीप दुर्घटना, दुईको मृत्यु
Hardik ivfHardik ivf

बागलुङ, मंसिर ८ : बागलुङमा रोकिराखिएको जीप गुडेर खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ।

आज बिहान बडीगाड गाउँपालिका–६ मा राकिराखिएको लु १ ज ४३७० नम्बरको जीप आफै गुडेर खोलामा खसेको हो। चालकले सामान राख्न लागेका वेला जिप खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा बडीगाड गाउँपालिका ६ की २३ वर्षीया टेकमाया श्रीस र उनकी एक वर्षीया छोरीको ज्यान गएको जनाएको छ।

दुर्घटनामा एक घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्