Kathmandu Press

कक्षा १२ को परीक्षा भोलिदेखि, ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई शिक्षामन्त्रीको आग्रह 

काठमाडौं, मंसिर ८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन्।भोलीदेखि शुरु हुने कक्षा १२ को...
कक्षा १२ को परीक्षा भोलिदेखि, ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई शिक्षामन्त्रीको आग्रह 

काठमाडौं, मंसिर ८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन्।

भोलीदेखि शुरु हुने कक्षा १२ को परीक्षाका बिषयमा मन्त्री पोखरेलले भिडियो सार्वजनिक गर्दै  परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह  गरेका हुन् । 

कक्षा १२ को परीक्षा गत वैशाखमा हुनुपर्ने भए पनि कोरोना महामारीले गर्दा रोकिएको थियो। परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता मापदण्ड कडाइपूर्वक पालना हुने भएकाले ढुक्क हुन उनको अपिल समेत गरेका छन् ।

कोरोना संक्रमण भएर परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिन सकिने पनि मन्त्री पोखरेलले बताए। परीक्षामा कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ।

अरू कक्षा ११ को अंक, आन्तरिक कक्षा कार्य तथा बेलाबेला लिइएका परीक्षाबाट विद्यालयले आन्तरिक मूल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाउनेछन्।

प्रकाशित मिति: १४:४० बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्