Kathmandu Press

सचिवालय बैठककै समयमा प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, मंसिर ३ : नेकपा सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्।नेकपा सचिवालय बैठक आज दिउसो १...
सचिवालय बैठककै समयमा प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, मंसिर ३ : नेकपा सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्।

नेकपा सचिवालय बैठक आज दिउसो १ बजे बालुवाटारमा बोलाइएको छ। प्रधानमन्त्री ओलीले दिउसो १ बजे नै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

गएराति नै मन्त्रीहरुलाई मन्त्रिपरिषद् बैठकसम्बन्धी जानकारी दिइएको छ। रत, बैठकका एजेन्डाबारे जानकारी नदिएको एक मन्त्रीले बताए।

मन्त्रिपरिषद् बैठक प्रायः सोमबार र बिहीबार बस्ने गरेको छ। यसपटक भने प्रधानमन्त्री ओलीले एक्कासी बुधबार नै मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

नेकपा सचिवालय बैठक पनि दिउसो १ बजेनै बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सचिवालय बैठक गत साता बालुवाटारमै बसेको थियो। त्यतिवेला आजको बैठक बालुवाटारमै बस्ने तय भएको थियो। तर, आज प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि नेकपा सचिवालय बैठक कहाँ बस्ने भन्ने एकीन भएको छैन।

गत साता कात्तिक २८ गते सचिवालय बैठक बालुवाटारमै बसेको थियो। बैठकमा विभिन्न प्रस्ताव पेश भएका थिए। ति प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल गर्ने तय भएको थियो।

तर, नेकपा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध राजनीतिक प्रतिवेदन पेश गरेका थिए। जसले गर्दा प्रधानमन्त्री ओली सचिवालय बैठक नबसाल्ने अडान लिँदै आएका छन्। उनले प्रचण्डको प्रतिवेदन फिर्ता हुनुपर्ने माग गरेका छन्।

प्रचण्डको प्रतिवेदन फिर्ता नहुने भएको छ। प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतमले प्रतिवेदन फिर्ता नहुने र त्यसमाथि आज छलफल हुने अडान लिएका छन्।

प्रकाशित मिति: १५:२७ बजे, बुधबार, मंसिर ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्