Kathmandu Press

एघार दिनपछि बालुवाटार गए प्रचण्ड

काठमाडौं, कात्तिक १५ : नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिनपछि प्रधानमन्त्री निवास बालुवाटार गएका छन्।शनिबार दिउसो नेकपा अर्का अध्यक्ष एवं प्रधानमन्त्री...
एघार दिनपछि बालुवाटार गए प्रचण्ड

काठमाडौं, कात्तिक १५ : नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिनपछि प्रधानमन्त्री निवास बालुवाटार गएका छन्।

शनिबार दिउसो नेकपा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्। कर्णाली प्रदेश सरकारको विषयमा उत्पन्न विवादपछि प्रचण्ड बालुवाटार गएका थिएनन्।

ओली र प्रचण्डबीच कात्तिक ४ गतेदेखि सम्वाद रोकिएको थियो। कर्णालीको विवादलाई लिएर दुवै अध्यक्षले फरकफरक निर्देशन दिएका थिए। त्यसयता ओली र प्रचण्डको सम्बाद टुटेको थियो।

यसबीचमा दुवै अध्यक्षबीच सम्वाद गराउन ओली निकट नेताहरु पटकपटक खुमलटार पुगेका थिए। शुक्रबार मत्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए।

शनिबार ओली र प्रचण्डबीच समसामयिक विषयमा छलफलल भएको जनाएको छ। दुवै अध्यक्षले नेकपा एकताका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको बालवाटार स्रोतले जनाएको छ।

 

प्रकाशित मिति: २०:४६ बजे, शनिबार, कात्तिक १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्