Kathmandu Press

परिवारको सम्पर्कमा नरहेका किशोरकिशोरीको जंगलमा शव

महेन्द्रनगर, कात्तिक १५ : दुई सातादेखि परिवारको सम्पर्कमा नरहेका कैलालीका दुई किशोरकिशोरीको जंगलमा शव भेटिएको छ।कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान किशोरकिशोरीको...
परिवारको सम्पर्कमा नरहेका किशोरकिशोरीको जंगलमा शव
Hardik ivfHardik ivf

महेन्द्रनगर, कात्तिक १५ : दुई सातादेखि परिवारको सम्पर्कमा नरहेका कैलालीका दुई किशोरकिशोरीको जंगलमा शव भेटिएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान किशोरकिशोरीको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको छ।

दुवै जना असोज २८ गतेदेखि परिवारको सम्पर्कमा थिएनन्। आज बिहान जङ्गलमा शव देखेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

'दुवै जना असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ,' प्रवक्ता थापाले भने, 'घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ।'

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले टेकबहादुरको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ।

 

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, कात्तिक १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्