Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट झापाका बृद्धको मृत्यु

धरान, कात्तिक १५ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरानमा एक जना बृद्धको मृत्यु भएको छ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाको गौरीगञ्जका ७३...
धरानमा कोरोना संक्रमणबाट झापाका बृद्धको मृत्यु

धरान, कात्तिक १५ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरानमा एक जना बृद्धको मृत्यु भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाको गौरीगञ्जका ७३ वर्षीय बृद्धको आज बिहान ६ः४५ बजे मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए।

उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य समस्या देखिन थालेपछि कात्तिक ७ गते अस्पतालमा भर्ना गरिएको थियो। उनलाई मुटुसम्बन्धी समस्या रहेको डा.श्रेष्ठले बताए।

प्रकाशित मिति: १६:२८ बजे, शनिबार, कात्तिक १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्