Kathmandu Press

२९ लाखसहित १० जुवाडे पक्राउ

राँझा, कात्तिक १३ : जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी २९ लाख रुपैयाँसहित १० जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज...
२९ लाखसहित १० जुवाडे पक्राउ

राँझा, कात्तिक १३ : जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी २९ लाख रुपैयाँसहित १० जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा २९ लाख ४८ हजार ७०० रुपैयाँ नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

उनका अनुसार, तास खेलिरहेका नेपालगञ्ज–४ निवासी सन्तोष थापा, नवीन घिमिरे, पब्लु भण्डारी, सन्तोष वली, कृष्णबहादुर सुवेदी, तरुण गौतम, नेपालगञ्ज–६ निवासी मेघनाथ कुचबधिया, नेपालगञ्ज–१० निवासी टोपबहादुर शाही, नेपालगञ्ज–७ निवासी रविन राणा र नेपालगञ्ज–१ निवासी रहमान मियालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई कानूनबमोजिम कानुनी कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक रानाले बताए।

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, कात्तिक १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्