Kathmandu Press

च्याम्पियन्स लिग : रोनाल्डोविनाको युभेन्ट्स बार्सिलोनासँग पारजित, चेल्सीको सहज जित

काठमाडौं, कात्तिक १३ : स्टार क्रिष्टियानो रोनाल्डोविना मनैदान उत्रिएको इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब बार्सिलोनासँग पाराजित भएको छ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको...
च्याम्पियन्स लिग : रोनाल्डोविनाको युभेन्ट्स बार्सिलोनासँग पारजित, चेल्सीको सहज जित

काठमाडौं, कात्तिक १३ : स्टार क्रिष्टियानो रोनाल्डोविना मनैदान उत्रिएको इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब बार्सिलोनासँग पाराजित भएको छ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा लियोनल मेसी र उसमान डेम्बेलेले गोल गरेपछि युभेन्ट्स बार्सिलोनासँग २–०ले पराजित भयो ।

तीन साताअघि इन्टरनेसनल ब्रेकका क्रममा रोनाल्डोलाई कोरोना संक्रमण देखिएपछि रोनाल्डोले बार्सिलोनाविरुद्धको खेलमा सहभागि हुन पाएनन् । योसँगै ३ सिजन मेसी र रोनाल्डोबीचको भीडन्त टरेको थियो । रोनाल्डोले रियल मड्रिड छाडेपछि मेसी र रोनाल्डो पहिलो पटक आमने सामने हुँदै थिए । 

युभेन्ट्स स्टेडियममा बार्सिलोनालाई १४औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मेसीको पासमा गोल गरेका थिए । पहिलो हाफ १–०मै सकियो । दोस्रो हाफको इन्जुरी समयमा प्राप्त पेनाल्टीमा मेसीले गोल गर्दै बार्सिलोनालाई २–०को जित दिलाए ।

ग्रुप जीमा ६ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । यस्तै, ३ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा छ । डाइनामो किभ र फेरेन्क्वारोसले समान १ अंक जोडेका छन् । 

यसैगरी बुधबार राति नै भएको खेलमा चेल्सीले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा चेल्सीले रसियन क्लब क्रास्नोडारलाई ४–०ले हरायो । चेल्सीका लागि हाकिम जियास, टिमो वार्नर, क्रिस्टियन पुलिसिच र कालुम हर्डसन ओडोइले गोल गरे । यस्तै, सेभियाले रेनेसलाई १–०ले हराउँदा बोरुसिया डर्टमन्डले जेनिथलाई २–०ले पराजित गरेको छ ।

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, कात्तिक १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्