Kathmandu Press

कोरोनाको दैनिक ब्रिफिङ रोकियो, अब आईतबार र बुधबार हप्तामा दुई दिन मात्रै हुने 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत ७ महिनादेखि जारी गर्दै आएको दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।
कोरोनाको दैनिक ब्रिफिङ रोकियो, अब आईतबार र बुधबार हप्तामा दुई दिन मात्रै हुने 

काठमाडौं, कात्तिक १२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत ७ महिनादेखि जारी गर्दै आएको दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

भोलि बिहीबारदेखि दैनिक ब्रिफिङ नहुने र हप्तामा दुई दिन मात्रै उक्त ब्रिफिङ गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं प्रेसलाई जानकारी दिए ।

‘अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ’, उनले भने, ‘अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ ।’
 

प्रकाशित मिति: २३:०९ बजे, बुधबार, कात्तिक १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्