Kathmandu Press

आज १९५४ जनामा कोरोना संक्रमण पुष्टि

देशभरका ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
आज १९५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक १२ : पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज थपिएका सहित कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।


अहिलेसम्म कोरोनाका कारण ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८ सय २४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रिय संक्रमितमध्ये ३१ हजार ९३४ होम र ७ हजार ७०९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २९० जनाको आईसीयू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २३:०० बजे, बुधबार, कात्तिक १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्