Kathmandu Press

आज दशैंको तेस्रो दिन, मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाडौं, कात्तिक १२ : आज वडा दशैंको तेस्रो दिन पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी रहेको छ।दशैंका दिन छुटेकाहरु आज पनि...
आज दशैंको तेस्रो दिन, मान्यजनबाट टीका र जमरा लगाइँदै
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १२ : आज वडा दशैंको तेस्रो दिन पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी रहेको छ।

दशैंका दिन छुटेकाहरु आज पनि मान्यजनबाट टीका र जमरा लगाइरहेका छन्। बिहानैदेखि आफन्तजन कहाँ गइरहेका छन्।

हिन्दूधर्मालम्बीले दशैंदेखि पूर्णिमासम्म मान्यजनबाट टीका र जमरा लगाउने गर्छन्। दशैंका दिन सबैलाई भेट्न नसकेकाहरु पूर्णिमाका दिनसम्म मान्यजनकहाँ गएर आशीर्वाद लिने गर्छन्।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण दशैंका दिन सबै भेला भएका छैनन्। परिवारजनले मात्रै एकठाउँमा बसेर टीका र जमरा लगाएका छन्। जसले गर्दा पनि विगतमा भन्दा यो वर्ष पूर्णिमासम्म टीका र जमरा लगाउने क्रम झन बढेको छ।

घटस्थापनाका दिन विधिपूर्वक दशैंघरमा जमरा स्थापना गरिन्छ। त्यहि जमरा दशैंको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट लगाउने गरिएको छ।

 

प्रकाशित मिति: १५:४८ बजे, बुधबार, कात्तिक १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्