Kathmandu Press

थप १७४१ जनामा कोरोना संक्रमण

काठमाडौं, कात्तिक १० : पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
थप १७४१ जनामा कोरोना संक्रमण
सांकेतिक तस्वीर।
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १० : पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६४ पुरुष र ६७७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।


अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना  भाइरस स‌ंक्रमणमुक्त भएका छन् ।

सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा ६७३ जना छन् । त्यस्तै सुनसरीमा १८५, ललितपुरमा १४६, कास्कीमा १०१, भक्तपुरमा ७६ जना, नवलपरासी पूर्वमा ६० जना, काभ्रेमा ५९ जना, रुपन्देहीमा ५८ जना, झापामा ५० जना, अर्घाखाँचीमा ३३ जना संक्रमित भेटिएका छन् ।

सप्तरीमा १९ जना, मकवानपरमा २९ जना, तनहुँमा २५ जना, चितवनमा २४ जना, कपिलवस्तुमा २२ जना, बागलुङमा १७ जना, महोत्तरीमा १४ जना, मोरङमा १३ जना, धनुषा र बाँकेमा १२र१२ जनामा संक्रमण पुष्टि भएको छ ।

नुवाकोटमा ८ जना, दोलखामा ७ जना, गुल्मी र नवलपरासीमा ६र६ जना, बारा, सिन्धुली र दैलेखमा ५र५ जना, सर्लाही, रामेछाप, लमजुङ र प्युठानमा ४र४ जना, स्याङ्जा र दाङमा ३र३ जना, सिराहा, सिन्धुपाल्चोक र पर्वतमा २र२ जना, उदयपुर, ताप्लेजुङ, गोरखा, पाल्पा, जुम्ला, रुकुम पश्चिम, अछाम, कञ्चनपुर र दार्चुलामा १र१ जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति: ०१:०१ बजे, मंगलबार, कात्तिक ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्