Kathmandu Press

राष्ट्रपति भण्डारीले गुरु र आमाबाट लगाईन टीका

काठमाडौं, कात्तिक १० : राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र...
राष्ट्रपति भण्डारीले गुरु र आमाबाट लगाईन टीका

काठमाडौं, कात्तिक १० : राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवास टीका र जमरा ग्रहण गरेकी छन् । 


सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् ।

अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ ।

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, कात्तिक १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्