Kathmandu Press

कोरोनाबाट पूर्वि नवलपरासीमा एक बृद्धको मृत्यु

कावासोती, कात्तिक १० : कोरोना भाइरसको संक्रमणबाट पूर्वी नवलपरासीको कावासोतीमा एक जना बृद्धको मृत्यु भएको छ।कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको आज बिहान...
कोरोनाबाट पूर्वि नवलपरासीमा एक बृद्धको मृत्यु

कावासोती, कात्तिक १० : कोरोना भाइरसको संक्रमणबाट पूर्वी नवलपरासीको कावासोतीमा एक जना बृद्धको मृत्यु भएको छ।

कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको आज बिहान डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

उनलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बस्दै आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल भर्ना गरिएको थियो।

आज बिहान ३ बजे उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। यससँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।

 

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, कात्तिक १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्