Kathmandu Press

उपत्यकामा थपिए कोरोनाका १५३५ नयाँ संक्रमित

काठमाडौं, कात्तिक ९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा...
उपत्यकामा थपिए कोरोनाका १५३५ नयाँ संक्रमित

काठमाडौं, कात्तिक ९ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन्।

योसहित हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ।

त्यस्तै गत २४ घण्टामा देशभरबाट ३३ सय २६ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख आठ हजार तीन सय ३४ जना पुगेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै, देशभर हाल ४५ हजार पाँच सय ७२ जना सक्रिय संक्रमित छन्।संक्रमितमध्ये दुई सय ७७ जनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २२:२४ बजे, आइतबार, कात्तिक ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्