Kathmandu Press

कुटपिट गरी आमाको हत्या

कञ्चनपुर, कात्तिक ९ : घरायसी विवादमा पुनर्वास नगरपालिका –३  सुकुम्बासी बस्तीकी  महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन्। साठी वर्षीया पार्वती वादीको...
कुटपिट गरी आमाको हत्या
Hardik ivfHardik ivf

कञ्चनपुर, कात्तिक ९ : घरायसी विवादमा पुनर्वास नगरपालिका –३  सुकुम्बासी बस्तीकी  महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन्। साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो। अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए। उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ। 

प्रकाशित मिति: २०:०७ बजे, आइतबार, कात्तिक ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्