मंगलबार, मंसिर १६, २०७७

कोरोनाबाट धरानमा पाँच महिने शिशुको ज्यान गयो

धरान, कात्तिक ८ : कोरोना भाइरसको संक्रमणबाट धरानमा पाँच महिने शिशुको ज्यान गएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पाँच महिने शिशुको गएराति ज्यान गएको हो। मोरङको सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए।

उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो। उनलाई मस्तिष्कसम्बन्धी रोगको समस्या रहेको डा. श्रेष्ठले बताए।

यस्तै, शुक्रबार अपराह्न धरान उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको पनि कोरोनाबाट प्रतिष्ठानमै मृत्यु भएको छ। उनको पनि उपचारका क्रममा मृत्यु भएको डा. श्रेष्ठले बताए।

उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिइन्। उनलाई कात्तिक  ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेकी उनलाई समस्या भएपछि कात्तिक ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

 Published Date: Saturday, 24th October 2020 1:19:00 pm