Kathmandu Press

बाँकेमा प्लाज्मा थेरापी गरेका एक सङ्क्रमितको मृत्यु

नेपालगन्ज, कात्तिक ८ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ।नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–१ का ५० वर्षीय पुरुषको...
बाँकेमा प्लाज्मा थेरापी गरेका एक सङ्क्रमितको मृत्यु

नेपालगन्ज, कात्तिक ८ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए। उनको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

उनी श्वासप्रश्वासमा समस्या देखिएपछि असोज २६ गते अस्पताल भर्ना भएका थिए। भर्ना गरे लगत्तै कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो।

उनलाई असोज २७ गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरेर उपचार भइरहेको थियो। उनलाई आईसीयू कक्षमा राखिएको थियो।

रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गरिएको अस्पतालले जनाएको छ। आईसीयूमा राखेर उपचार चलिरहेकै वेला मृत्यु भएको श्रेष्ठले बताए।

नेपाली सेना र परिवारबीच शवको व्यवस्थापन गर्नेबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ।

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, कात्तिक ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्