Kathmandu Press

काेराेना संक्रमणबाट मृत्यु भएका पुरूषकाे कुशको शव बनाएर दाहसंस्कार

दमौली, कात्तिक ५ : मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका...
काेराेना संक्रमणबाट मृत्यु भएका पुरूषकाे कुशको शव बनाएर दाहसंस्कार

दमौली, कात्तिक ५ : मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन्।

गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो। टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उनको उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपश्चात् पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १९:५७ बजे, बुधबार, कात्तिक ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्