Kathmandu Press

गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु, १८ संक्रमित थपिए 

काठमाडौं, कात्तिक ५ : गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व...
गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु, १८ संक्रमित थपिए 

काठमाडौं, कात्तिक ५ : गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व गैंडाकोट ७ का ५० बर्षीय पुरुषको मिति कात्तिक ४ गते बिहान ९ः५६ बजे चितवन मेडिकल कलेज, चितवनको कोभिड आइसियुमा उपचारको क्रममा निधन भएको हो ।

यस्तै, म्याग्दीको धौलागिरी ७ का ८५ बर्षीय पुरुषको गएराती ८ः२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको कोभिड आइसियूमा उपचारको क्रममा दुखद निधन भएको जानकारी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई उद्दृत गर्दै स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । 

यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ  । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १८ जना संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या ६१०५ पुगेको हो ।

पछिल्लो पटक थपिएका संक्रमितमा नवलपरासी बर्दघाट सुस्ता पूर्वका १५ जना, तनहुँका २ जना र गोरखाका १ जना रहेका छन् । 

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, कात्तिक ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्