बुटवलको कोरोना अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कात्तिक ५ : बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहान दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका...काठमाडौं, कात्तिक ५ : बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहान दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्को पुरुषको मृत्यु भएको हो ।
अस्पतालका अनुसार असोज २७ गते भर्ना भएको मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ । उनी सुगर र प्रेसरका बिरामी रहेको थिए ।
त्यस्तै, बुटबल–११ का ४७ वर्षीय पुरुष असोज २४ गते भर्ना भएका थिए । आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी पनि प्रेसर रोगका बिरामी थिए ।
प्रकाशित मिति: १४:०४ बजे, बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंहबुधबार, वैशाख ५, २०८१
गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले निकाल्यो मशाल जुलुसबुधबार, वैशाख ५, २०८१
नेकपा एसकाे महाधिवेशन एक महिनापछि सर्योबुधबार, वैशाख ५, २०८१
विराटनगरमा हिन्दु र मुस्लिम समुदायबीच तनावबुधबार, वैशाख ५, २०८१