Kathmandu Press

कोरोना संक्रमणबाट झापामा थप दुई जनाको मृत्यु

झापा, कात्तिक ४ : कोरोना भाइरसको संक्रमणबाट झापाको दमकमा आज दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७...
कोरोना संक्रमणबाट झापामा थप दुई जनाको मृत्यु
Hardik ivfHardik ivf

झापा, कात्तिक ४ : कोरोना भाइरसको संक्रमणबाट झापाको दमकमा थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक नगरपालिका-५ की ६७ वर्षीया वृद्धा र वडा नम्बर ४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो। ती संक्रमितलाई आइतबार उपचारका लागि विर्तामोड ल्याइएको थियो। 

त्यस्तै, दमक-५ की वृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको उनले बताए। दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था गम्भिर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो। त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो। 

दुवै संक्रमितको मंगलबार कनकाईमाईमा अन्त्येष्टि गरिएको छ। योसँगै दमकमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ। 

प्रकाशित मिति: २३:३१ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्