Kathmandu Press

नेपाल-चीनको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति

काठमाडौं, कात्तिक ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजीक ल्याउने...
नेपाल-चीनको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ४ : राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल–चीनका जनतालाई अझ नजिक ल्याउने र  नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन्।

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा दिएको  शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले दुवै मुलुकका राजनीतिक दलबीच नियमित संवादका लागि परामर्श संयन्त्र स्थापनाले नेपाल–चीनबीचको सम्बन्ध थप प्रगाढ तुल्याउन विशेष योगदान पुग्ने बताएकी छिन्।,

राष्ट्रपति भण्डारीको लिखित सन्देश भर्चुअल बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका थिए।

राष्ट्रपति भण्डारीले नेपाललाई भूपरिवेष्टितबाट विश्वका अन्य मुलुक र भू–भागसँग बहुआयामिक माध्यमबाट सहज ढङ्गले जोडिएको आधुनिक र विकसित मुलुकका रूपमा रूपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यापक पूर्वाधार विकास र  पर्याप्त आर्थिक लगानी एवम् प्राविधिक विकासको खाँचो औँल्याएकी छिन्।

यस्तै उनले पूर्वाधार निमाण र सम्पर्क सञ्जालको विकास वेल्ट एण्ड रोड सहयोगको एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवद्र्धन गर्दै हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसंँगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औंँ वर्ष पूरा भएका अवसरमा चीनका राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँका जनताप्रति शुभेच्छा व्यक्त गर्दै बैठकबाट दुवै देशले आपसी लाभ लिन सक्ने अपेक्षा व्यक्त गरेकी छिन्।
 

प्रकाशित मिति: २२:५५ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्