Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १७०२ जना कोरोना संक्रमित

काठमाडौंमा उपत्यकामा थप १७०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा थपिए १७०२ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, कात्तिक ४ : काठमाडौंमा उपत्यकामा थप १७०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १७०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंमा  १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै,  मंगलबार नेपालमा थप ३०९३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। 

संक्रमितमध्ये ९६ हजार ६०९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७६५ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार म‌ंगलबार कोरोनालाई जितेर २०१८ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:२६ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्