Kathmandu Press

थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक ४ : नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३०९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। संक्रमितमध्ये ९६ हजार ६०९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७६५ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार म‌ंगलबार कोरोनालाई जितेर २०१८ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:२२ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्