Kathmandu Press

आसन्न महाधिवेशनमा फेरि सभापतिमै उठ्छु : सिटौला 

ताप्लेजुङ, कात्तिक ४ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आसन्न महाधिवेशनमा फेरि सभापतिमै उठ्ने बताएका छन। पाथीभराको दर्शन गरेर फर्कने क्रममा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै...
आसन्न महाधिवेशनमा फेरि सभापतिमै उठ्छु : सिटौला 

ताप्लेजुङ, कात्तिक ४ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आसन्न महाधिवेशनमा फेरि सभापतिमै उठ्ने बताएका छन्। 

पाथीभराको दर्शन गरेर फर्कने क्रममा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै सिटौलाले सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफूले गरेको बताएका हुन्। पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै  विभाजनलाई अन्त्य गरेर कांग्रेस अघि बढ्ने उनले बताए।

‘महाधिवेशनबाटै काँग्रेसभित्र देखिएका बेथिति र  सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुने छ”, उनले भने।

फरक प्रसंगमा सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाए। उनले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको बताए।  

उनले दिनानुदिन जनता कोरोना संक्रमणको चपेटामा परिरहेका बेला उपचार र संक्रमणको जोखिम नियन्त्रण गर्न गम्भीर बन्न सरकारलाई आग्रह गरे।
 

प्रकाशित मिति: २२:२० बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्