Kathmandu Press

नि:शुल्क कोरोना परीक्षणको व्यवस्था गर्न सरकारसँग शान्ति समाजको माग

काठमाडौं, कात्तिक ४ : मानव अधिकार तथा शान्ति समाजले कोभिड-१९ संक्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पीसीआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न माग...
नि:शुल्क कोरोना परीक्षणको व्यवस्था गर्न सरकारसँग शान्ति समाजको माग
फाइल तस्वीर।
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ४ : मानव अधिकार तथा शान्ति समाजले कोभिड-१९ संक्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पीसीआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न माग गरेको छ।

समाजका महासचिव सुशील बस्नेतले मंगलबार विज्ञप्ति जारी गरी सङ्क्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र सङ्क्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित मापदण्ड अवलम्बन गर्नुपर्नेमा सरकार दिनप्रतिदिन फितलो हुँदै गएकोले नि:शुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न माग गरेका छन्।

“नागरिकको स्वास्थ्य, शिक्षा र जीवनयापनका सवालमा गम्भीर भई आवश्यक प्रबन्धसहितको व्यवस्था गर्न सरकारलाई समाज विशेष आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ।

संक्रमण व्यापक हुँदै गएको र मृत्युदरसमेत बढ्दै गएको समयमा उपचारका लागि अत्यावश्यक आईसीयू, भेन्टिलेटरसहितका अस्पतालको संख्या वृद्धि गर्नु पर्नेमा समाजको जोड छ।
 

प्रकाशित मिति: २१:०४ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्