Kathmandu Press

मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाउँछु : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, कात्तिक ४ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल सुरु गरेका छन्।कार्यालयको कार्यभार सम्हालेलगत्तै उनले मुख्यसचिव शंकरदास...
मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाउँछु : उपप्रधानमन्त्री पोखरेल
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ४ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल सुरु गरेका छन्।

कार्यालयको कार्यभार सम्हालेलगत्तै उनले मुख्यसचिव शंकरदास वैरागी र सचिवसंँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल सुरु गरेका हुन्। उनले प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीको अभ्यास नेपालमा पहिलो पटक व्यवस्थित ढङ्गले गर्न थालिएको जनाउँदै उनले भने,“यो मेरो लागि नयाँ ठाउँ हो। कर्मचारीको सहयोगले नै यस कार्यालयबाट हुने कामलाई नयाँ उचाइमा पुर्‍याउने छु।”
 
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै नीति, योजना र जनशक्तिमा समस्या भएमा पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

छलफलमा मुख्य सचिव  वैरागीले मुलुकमा सुशासन र  सेवा प्रवाहमा नवीनता ल्याउने गरी काम गरिने बताउनुभयो । छलफलमा उपप्रधानमन्त्री पोखरेललाई पाँच  महाशाखाका प्रमुखले कार्यालयको अवस्थाबारे जानकारी गराएका थिए। छलफलमा सचिवद्वय यादवप्रसाद कोइराला र महेन्द्र गुरागाईँ लगायतको सहभागिता थियो।

बुधबार र बिहीबार पनि उपप्रधानमन्त्री पोखरेलले मन्त्रिपरिषद् कार्यालयका कर्मचारीबाट थप जानकारी लिने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए। रासस
 

प्रकाशित मिति: २०:५८ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्