Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

धरान, कात्तिक ४ : कोरोना भाइरसको संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकको मृत्यु भएको छ।गएराति ९ः३० बजे प्रतिष्ठानको कोभिड वार्डमा इटहरीका...
धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
Hardik ivfHardik ivf

धरान, कात्तिक ४ : कोरोना भाइरसको संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकको मृत्यु भएको छ।

गएराति ९ः३० बजे प्रतिष्ठानको कोभिड वार्डमा इटहरीका ५६ वर्षीय पु्रुषको मृत्यु भएको हो। उनलाई कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए।

 

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्