Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघ्यो 

काठमाडौं, कात्तिक ४ : भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा भारतमा थप ५९३ जनाको...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघ्यो 
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ४ : भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ५९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार २३५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४६ हजार ४६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ९४ हजार २८४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ३० हजार ३७९ जना संक्रमणमुक्त भएका छन् ।

७ लाख ८४ हजार ६७० जनाको उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्