Kathmandu Press

सभामुख सापकोटाले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

काठमाडौं‌, कात्तिक ३ : सभामुख अग्निप्रसाद सापकोटाले दशैं भत्ताबापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्नेभ एका छन्। सोमबार विज्ञप्ति जारी गरी सभामुख सापकोटाले...
सभामुख सापकोटाले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

काठमाडौं‌, कात्तिक ३ : सभामुख अग्निप्रसाद सापकोटाले दशैं भत्ताबापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्नेभ एका छन्। 

सोमबार विज्ञप्ति जारी गरी सभामुख सापकोटाले दशैं भत्ताबापतको रकम कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था मिलाएको जानकारी दिएका छन्। विश्वव्यापी कोरोना महामारी र त्यसबाट उत्पन्न संकटका घडीमा संसद्का् सदस्यलाई उपलब्ध गराइएको चाडपर्व खर्चलाई लिएर विभिन्न टिप्पणी आएका सन्दर्भमा आफ्नो ध्यानकर्षण भएको उनले जनाएका छन्।

सरकारको गत वर्षको निर्णयले उपलब्ध गराउँदै आएको सुविधाका सन्दर्भमा देशको हालको सङ्कटपूर्ण अवस्थालाई ध्यानमा राखी सत्तापक्ष तथा प्रतिपक्षी दलले गरेको सुझबुझ निर्णयप्रति सभामुख सापकोटाले धन्यवाद दिएका छन्। 

हेर्नुस् विज्ञप्ति :


 

प्रकाशित मिति: ००:४९ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्