Kathmandu Press

थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक ३ : नेपालमा थप ३७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३७ सय ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। संक्रमितमध्ये ९४ हजार ५०१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७५७ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर २३३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०१ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्