Kathmandu Press

सार्वजनिक सवारीमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौं, कात्तिक ३ : यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ।विभागले...
सार्वजनिक सवारीमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौं, कात्तिक ३ : यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ।

विभागले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ। 

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ। विभागले सवारीसाधनमा साविक भाडादर कायम गरिएको पनि बताएको छ।

मन्त्रिपरिषद्को गत २६ गतेको निर्णयानुसार सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्थाका कारण सवारीसाधनले बढी भाडा लिन नपाउने भएका छन्। सरकारले गत महिना सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्ने र तोकिएकोभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए।  

गत असोज २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सवारीसाधनले सिट क्षमताअनुसार यात्रु राख्न पाउने हुँदा बढी भाडा लिन नपाउने भएका हुन्। सरकारले यसअघि नै चालक सहचालकले सवारीसाधनमा मास्क, पञ्जाको प्रयोग अनिवार्यरुपमा गर्ने व्यवस्था गरेको थियो । सरकारले सवारीसाधनको ढोकामा र भित्र स्यानिटाइजर राख्नुपर्ने व्यवस्था गरेको छ।

अहिले स्वास्थ्य सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्नुको विकल्प नभएको सूचना अधिकारी डा. भुसालले बताए। उनले भने,‘मापदण्डको पालना भए–नभएको हामीले पनि अनुगमन गरिरहेका छौँ।’ रासस

प्रकाशित मिति: २१:५४ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्