Kathmandu Press

कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको ४३ लाख रुपैयाँ

काठमाडौं, कात्तिक ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन्। सोमबार प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी...
कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको ४३ लाख रुपैयाँ

काठमाडौं, कात्तिक ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले दशैं भत्ता फिर्ता गर्ने भएका छन्। 

सोमबार प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी कांग्रेस सांसदहरुले दशैं भत्ता वापतको रकम फिर्ता गर्ने निर्णय भएको जानकारी दिएका हुन्। 

कांग्रेसका सांसदहरुको दशैं भत्ता वापतको हुन आउने ४३ लाख २० हजार ८१० रुपैयाँ जनताको उपचारका लागि संघीय संसद सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय भएको खाँणले बताए। 

‘कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकाले कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराइएको दशैं भत्ता वापतको रकम कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति हेर्नुस् :

प्रकाशित मिति: २०:५३ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्