Kathmandu Press

प्युठान अस्पतालको ओपीडी सेवा बन्द

प्युठान अस्पतालको ओपीडी सेवा बन्द
Hardik ivfHardik ivf

प्युठान, कात्तिक ३ : चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्युठान अस्पतालको ओपीडी विभाग सेवा बन्द गरिएको छ।

अस्पतालका चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो। अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ।

आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता  दिइने अस्पतालले जनाएको छ। प्युठानमा पनि कोरोना भाइरस संक्रमित थपिँदै गएका छन्।

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, कात्तिक ३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्