Kathmandu Press

सबै असन्तुष्टहरु एकजुट हौ : जोशी

काठमाडौं, कात्तिक २ : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टीभित्रका असन्तुष्टहरुलाई एकजुट हुन आग्रह गरेका छन्। दसैंकाे शुभकामना विज्ञप्ति जारी गर्दै जोशीले 'आफ्नो...
सबै असन्तुष्टहरु एकजुट हौ : जोशी

काठमाडौं, कात्तिक २ : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टीभित्रका असन्तुष्टहरुलाई एकजुट हुन आग्रह गरेका छन्। 

दसैंकाे शुभकामना विज्ञप्ति जारी गर्दै जोशीले 'आफ्नो टिकट आफै लिऔँ, आफै निर्वाचित बनौँ' अभियान घोषणा गरेका छन्। 

पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै दुई महिना अघि पार्टी अनुशासन समितिले जोशीलाई कारबाही गरेको थियो। 

'बिपी कोइरालाले कांग्रेसका कार्यकर्ताहरुले प्रजातन्त्रको पुनःस्थापनापछि फेरि एकपटक सुकिला मुकिलाहरुबाट कांग्रेसलाई मुक्ति दिलाउन पार्टीभित्रै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुने छ भनेको दिन आइसकेको मैले महसुस गरेको छुु’ जोशीले भनेका छन्, ‘त्यसैले फेरि एकपटक सबै निष्ठावान् र अपहेलित, पीडित र अपमानित भएर बस्नुभएका कांग्रेस नेता तथा कार्यकर्ताहरु पुनः पार्टीलाई सही बाटोमा हिँडाउन एकपटक पार्टी भित्रै आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ।’

'आफ्नो टिकट आफैँ लिऔं भन्ने कार्यक्रम लिएर जनताका वास्तविक प्रतिनिधि सबै तहमा स्थापित गराउन र राम्रा व्यक्तिहरू सबै तहमा जिताऊँ' भन्ने अभियान अघि बढ्ने उनले बताएका छन्।

'मेरो उपस्थितिमा  आगामी सबै तहको निर्वाचनमा पार्टीको टिकट किन्न नसक्ने र कांग्रेस नेतृत्वको निकट नातामा नपरी चुनाव लड्नबाट वञ्चित हुनुपर्ने अवस्थाबाट मुक्ति पाउन मेरो अभियानमा सबै पीडित र अपमानीत काङ्ग्रेस नेता तथा कार्यकर्ताहरू र सबै नेपाली दाजुभाइ दिदी–बहिनीहरूको साथ र सहयोग मिल्ने छ भन्ने विश्वास मैले लिएको छु।’ उनले भनेका छन्।

प्रकाशित मिति: २२:५४ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्