Kathmandu Press

प्रदेश २ मा कोरोना संक्रमणमुक्त भएर घर फर्किने १२ हजार नाघे

महोत्तरी, कात्तिक १ : प्रदेश २ मा कोभिड-१९ संक्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन्।असोज मसान्तसम्म कूल संक्रमण पुष्टि भएका १४ हजार ६२०...
प्रदेश २ मा कोरोना संक्रमणमुक्त भएर घर फर्किने १२ हजार नाघे
फाइल तस्वीर।
Hardik ivfHardik ivf

महोत्तरी, कात्तिक १ : प्रदेश २ मा कोभिड-१९ संक्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन्।

असोज मसान्तसम्म कूल संक्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये संक्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो। 

प्रदेशका आठ वटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा संक्रमण पुष्टि भएको छ। यीमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए। यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ।  संक्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ।

गत चैतको अन्त्यतिर प्रदेशको पर्सामा आएका तीन भारतीयमा कोभिड–१९ पुष्टि भएसँगै क्रमशः यताका महिनामा संक्रमण बढ्दै गएको हो। चैतदेखि भर्खरै बितेको असोजसम्मको संक्रमण अवस्था हेर्दा सबैभन्दा बढी भदौ महिनामा संक्रमण उच्च देखिएको निर्देशनालयले जनाएको छ। भदौमा मात्रै पाँच हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो। भदौमा संक्रमणले मर्नेको संख्या पनि सबैभन्दा बढी ६६ भएको निमित्त निर्देशक झाले बताए।

महामारीले वैशाखमा ९२, जेठमा एकहजार ९१९, असारमा एकहजार ८९७ र साउनमा तीनहजार ५४ जनामा संक्रमण पुष्टि भएको अभिलेख छ। त्यसैगरी, असोजमा दुई हजारमाथि संक्रमण पुष्टि भएको र ४८ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकले देखाएको छ। रासस

प्रकाशित मिति: १६:५० बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्