Kathmandu Press

चितवनमा कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

भरतपुर, कात्तिक १ : कोरोना संक्रमणबाट चितवनको खैरहनी नगरपालिका– १२ का वडा सदस्यको मृत्यु भएको छ। कोरोना संक्रमणबाट वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको...
चितवनमा कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु
फाइल तस्वीर
Hardik ivfHardik ivf

भरतपुर, कात्तिक १ : कोरोना संक्रमणबाट चितवनको खैरहनी नगरपालिका– १२ का वडा सदस्यको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। वडा सदस्य पाण्डे क्यान्सर रोगबाटसमेत पीडित थिए।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते संक्रमण  पुष्टि भएको थियो। आइसोलेसनमा रहेका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो।

खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो।

पाण्डे नेपाली कांग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए।

प्रकाशित मिति: १६:३९ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्