Kathmandu Press

सक्रिय संक्रमित २५ हजार नाघे, के फेरि लकडाउन होला ?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई काठमाडौं प्रेसले सम्पर्क गर्दा उनी बोल्न चाहेनन्। लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा सरकार दोहोरो दबाबमा छ।
सक्रिय संक्रमित २५ हजार नाघे, के फेरि लकडाउन होला ?
निषेधाज्ञाका बेला सुनसान देखिएको सडक। फाइल तस्वीर।
Hardik ivfHardik ivf

काठमाडौं, असोज २१ : मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई साताअघि सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ सय पुगेको जानकारी दिए। काठमाडौं उपत्यका  लगायतका शहरमा संक्रमण तीव्र गतिमा फैलिएसँगै अस्पतालमा बेडको अभाव समेत देखिन थालेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमले अस्पतालमा बेडको अभाव देखिन थालेको बताए।

स्वास्थ्य मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ।

मन्त्रालयको इन्डिसेन्ट कमाण्ड सिस्टमको असोज ७ गते बसेको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। अस्पतालको पूर्वाधार व्यवस्थापन गर्न समस्या हुने भन्दै मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन सेन्टरलाई लकडाउन गर्न सिफारिस गरे गरेको थियो।  

मन्त्रालयको निर्णय अनुसार अब लकडाउन हुन्छ कि हुँदैन ?  जिज्ञासा उत्पन्न भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई काठमाडौं प्रेसले सम्पर्क गर्दा उनी बोल्न चाहेनन्।  

लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा सरकार दोहोरो दबाबमा छ। एकातर्फ अस्पतालमा बेडको अभाव देखिएको, संक्रमणको चेन विस्तार हुँदै गएको अवस्थामा सरकार लकडाउन गर्ने निर्णयमा पुग्न सक्छ। दिनानुदिन बढिरहेको संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने विकल्प सरकारसामू छ। लक्षणसहितका संक्रमित थपिएकाले अस्पतालका पूर्वाधार व्यवस्थापनमा समेत समस्या देखिने भएकाले लकडाउन गर्नै पर्ने दबाबमा हुनेछ।  

अर्कोतर्फ दशैं, तिहार लगायतका चाडपर्व नजिकिएको अवस्थामा लकडाउन गर्न त्यति सहज भने छैन। यअसघि लकडाउन र निषेधाज्ञा गरी जनता ६ महिना घरभित्र थुनिएका थिए। ६ महिनाको लकडाउनमा संक्रमण घट्नुको साटो बढ्न थालेपछि नागरिक लकडाउन चाहँदैनन्। जसका कारण लकडाउनको निर्णय गर्न सरकारलाई सहज छैन।

यस्तै, ६ महिनाको लकडाउनले थिलथिलो बनाएको अर्थतन्त्र लकडाउन खुलेयता विस्तारै तंग्रिँदैछ। यो अवस्थामा लकडाउन गर्दा खराब स्थितिमा रहेको अर्थतन्त्र थप खराब हुने अवस्था आउनेछ।

प्रकाशित मिति: २३:०१ बजे, बुधबार, असोज २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्