Kathmandu Press

भक्तपुरमा सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु 

भक्तपुर, असोज १५ : भक्तपुरमा सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। प्तरीका ४८ वर्षीय पुरुषको भक्तपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका...
भक्तपुरमा सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु 
सांकेतिक तस्वीर।

भक्तपुर, असोज १५ : भक्तपुरमा सप्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

सप्तरीका ४८ वर्षीय पुरुषको भक्तपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिए। 

खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १२ गते ती पुरुष अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएपछि गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

ती पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको डा. ढुंगेलले बताए।

प्रकाशित मिति: ०१:४७ बजे, शुक्रबार, असोज १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्