Kathmandu Press

कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु 

राजविराज, असोज १५ : सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको विराटनगरको नोबेल...
कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु 
सांकेतिक तस्वीर।

राजविराज, असोज १५ : सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।

ती पुरुष अस्पतालको आईसीयू कक्षमा उपचाररत थिए। दाहालका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको समस्या थियो। योसँगै कोरानाबाट सप्तरीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

प्रकाशित मिति: ००:३५ बजे, शुक्रबार, असोज १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्