Kathmandu Press

सरकारले भन्यो- अहिले डा. केसीको अनशन सुहाउँदो विषय होइन

काठमाडौं, असोज १५ : चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीलाई सरकारले अनसन तोड्न आग्रह गरेको छ।सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप...
सरकारले भन्यो- अहिले डा. केसीको अनशन सुहाउँदो विषय होइन

काठमाडौं, असोज १५ : सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर अहिले डा. गोविन्द केसी अनसनमा बस्नु सुहाउँदो विषय नभएको बताएको छ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरमा डा. केसीको अनसशन सुहाउँदो विषय नभएको बताएका हुन्।

उनले सबै नागरिकलाई कसरी जोगाउने भनेर सरकारको ध्यान केन्द्रीत भएको अवस्थामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहँदो नभएको बताए। ज्ञवालीले डा. केसीलाई अनशन तोड्न आग्रह समेत गरेका छन्। 

ज्ञवालीले केसीका धेरै माग पुरा भइसकेका र पूरा गर्न बाँकी रहेका मागका विषयमा छलफल गर्न सकिने बताए। ‘म सरकारको तर्फबाट आग्रह गर्न चाहान्छु। अहिले अनशन फिर्ता लिएर कोभिड विरुद्धको लडाईँमा जुटौ। महामारीबाट पार पाइसकेपछि समय क्रममा बाँकी विषयमा छलफल गर्दै जान सकिन्छ,’ उनले भने। 

चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै केसीले जुम्लामा अनशन थालेका थिए। उनी १८ दिनदेखि अनशनमा रहेका केसी अहिले शिक्षण अस्पतालमा छन्।

प्रकाशित मिति: २३:४३ बजे, बिहीबार, असोज १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्