Kathmandu Press

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं, असोज १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम...
नेप्सेमा दोहोरो अंकको वृद्धि
Hardik ivfHardik ivf

काठमाडौं, असोज १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २० दशमलव ६१ बिन्दुले बढेर एक हजार ५७१ दशमलव ०४ मा पुगेको छ। 

यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ९८ बिन्दुले बढेर ३१० दशमलव १५ मा पुगेको छ। कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर  दुई अर्ब ८० करोड ७७ लाख आठ हजार १३७ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ। जलविद्युत्  २४ दशमलव ७६ र सामूहिक लगानी कोष ० दशमलव ०१ बिन्दुले घटेको छ। 

यस्तै बैंकिङ १८ दशमलव८६, व्यापार १९ दशमलव ५३, होटल ८ दशमलव ०८, विकास बैंक ६५ दशमलव ४८, वित्त ५ दशमलव ७९, निर्जीवन बीमा ३३२ दशमलव ४१, उत्पादन ४९ दशमलव ७९, अन्य २ दशमलव ९७, लघुवित्त २० दशमलव ८१ र जीवन बीमा १५७ दशमलव ३३ बिन्दुले उकालो लाग्यो।

कारोबारका आधारमा बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रहेको छ। सो बैंकको १४ करोड ७६ लाख ५६ हजार ३९ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै शिखर इन्स्योरेन्स १३ करोड ४७ लाख १२ हजार ७२७ रुपैयाँ, अरुण भ्याली हाइड्रो पावर १२ करोड ३० लाख ८१ हजार ६१२ रुपैयाँ, नेपाल पुनःबीमा कम्पनी आठ करोड ४१ लाख ७३ हजार ७४७ रुपैयाँ, नेको इन्स्योरेन्स सात करोड ७९ लाख ९१ हजार ८९२ रुपैयाँ, कुमारी बैंक ६ करोड ७५ लाख ८४ हजार ८४७ रुपैयाँ र कामना सेवा विकास बैंक ६ करोड ७२ लाख ८० हजार ७४२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

कारोबारका आधारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक १०, कामना सेवा विकास बैंक ९ दशमलव ६३, मल्टीपर्पोज फिनान्स कम्पनी ९ दशमलव ६०, कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलव ५८, दिव्यश्वरी हाइड्रोपावर ९ दशमलव ५२, बैंक अफ काठमाडौँ ९ दशमलव ३० र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव १९ प्रतिशतले कमाए। यस्तै माउण्टेन हाइड्रो ९ दशमलव ८०, पञ्चकन्या माई हाइड्रो ६ दशमलव ६७, हिमालयन ऊर्जा विकास कम्पनी ६ दशमलव ३७, युनिभर्सल पावर कम्पनी ५ दशमलव ९७, रैराङ हाइड्रोपावर ५ दशमलव ३३ र युनाइटेड मोदीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतले गुमाए। 

प्रकाशित मिति: २३:१६ बजे, बिहीबार, असोज १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्