Kathmandu Press

मुख्य सचिवमा बैरागी नियुक्त, युवराज खतिवडा अमेरिका र लाेकदर्शन रेग्मी बेलायतकाे राजदूत सिफारिस

‘शंकर बैरागीलाई मुख्यसचिव बनाउने निर्णय भएको छ’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरूङले काठमाडौं प्रेससँग भने, ‘युवराज खतिवडा अमेरिकाको लागि र लोकदर्शन रेग्मी बेलायतको लागि नेपाल राजदूतिमा सिफारिस पनि भएको छ ।’
मुख्य सचिवमा बैरागी नियुक्त, युवराज खतिवडा अमेरिका र लाेकदर्शन रेग्मी बेलायतकाे राजदूत सिफारिस
Hardik ivfHardik ivf

काठमाडौं, असोज १५ : मन्त्रिपरिषद बैठकले नेपाल सरकारको मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदाश बैरागीलाई नियुक्त गरेको छ । आज बसेको बैठकले बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । 


त्यसैगरी पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ भने निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको छ। 


राष्ट्रियसभाको सदस्यको पदावधी सकिएपछि र त्यसपछिको ६ महिना अर्थमन्त्री रहेका खतिवडाले गत भदौ २० गते राजिनामा दिएका थिए । त्यस लगत्तै खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए । ‘शंकर बैरागीलाई मुख्यसचिव बनाउने निर्णय भएको छ’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरूङले काठमाडौं प्रेससँग भने, ‘युवराज खतिवडा अमेरिकाको लागि र लोकदर्शन रेग्मी बेलायतको लागि नेपाल राजदूतिमा सिफारिस पनि भएको छ ।’ 

रेग्मीले आजै मुख्यसचिवबाट राजिनामा गरेका थिए । आजकै मन्त्रिपरिषद बैठकले रेग्मीको राजिनामा स्विकृत गरी बेलायतको लागि राजदूत नियुक्तीको सिफारिस गरेको हो। 
 

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, असोज १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्