Kathmandu Press

कोरोना संक्रमणबाट बुटबल र धरानमा दुई जनाको मृत्यु

बुटवल, असोज १५ : कोरोना भाइरसको संक्रमणबाट बुटवल र धरानमा दुई जना संक्रमितको मृत्यु भएको छ।बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा...
कोरोना संक्रमणबाट बुटबल र धरानमा दुई जनाको मृत्यु
Hardik ivfHardik ivf

बुटवल, असोज १५ : कोरोना भाइरसको संक्रमणबाट बुटवल र धरानमा दुई जना संक्रमितको मृत्यु भएको छ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा बुटवल उपमहानगरपालिका ८ का ८० वर्षीय वृद्धको गएराति मृत्यु भएको हो। उनलाई असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण देखिएपछि होम आइसोलेसनमा बसिरहेका बृद्धलाई श्वासप्रश्वासमा समस्या आएको थियो। त्यसपछि असोज १४ गते बिहान अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

त्यस्तै, गएराति नै धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको उपचारका क्रममै ९ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए।

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १४ गते विराटनगरस्थित बिराट मेडिकल कलेज बिराटनगर भर्ना गरिएको थियो। कोरोना संक्रमण देखिएपछि धरान रिफर गरिएको थियो।

उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो। अन्य दीर्घ रोग भने नदेखिएको प्रवक्ता डा.सापकोटाले बताए।

 

प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, असोज १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्